Logo

२०८३ बैशाख २६ गते शनिवार

२०८३ बैशाख २६ गते शनिवार

काठमाडौंको टोखामा डोजर चल्यो, १८ घरटहरा ध्वस्त

काठमाडौंको टोखामा डोजर चल्यो, १८ घरटहरा ध्वस्त


  • 1.3K
    Shares

    काठमाडौंको टोखामा डोजर चल्यो, १८ घरटहरा ध्वस्त

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ७ दाहालगौंडामा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका १८ वटा घरटहरामा जिल्ला प्रशासन कार्यालयले डोजर चलाएको छ। 

    सोमबार प्रहरी प्रशासनको ठुलो उपस्थितिका बिच डोजर प्रयोग गरी भौतिक संरचनाहरू भत्काइएपछि वर्षौँदेखि त्यहाँ बस्दै आएका परिवारहरूको बिचल्ली भएको हो। 

    साबिक धापासी वडा नम्बर ७ र हालको टोखा(७ मा पर्ने कित्ता नम्बर ६५ को ४ रोपनीभन्दा बढी सरकारी जग्गामा यी संरचनाहरू ठडिएका थिए। भत्काइएका घरटहरामा बस्नेहरूले प्रशासन र वडा कार्यालयले कुनै पनि पूर्व सूचना नदिई अचानक डोजर चलाएको आरोप लगाएका छन्। 

    स्थानीयका अनुसार मानिसहरू घरभित्रै रहेको अवस्थामा एक्कासि डोजर चलाउन थालिएपछि ज्यान जोगाउन र सामान निकाल्न समेत धौ-धौ परेको थियो। 

    यस घटनाले अर्को गम्भीर रहस्य पनि बाहिर ल्याएको छ। स्थानीयका अनुसार सरकारी जग्गा अतिक्रमण गरी बनाइएका सटरहरू भाडामा लगाउने काममा वडा अध्यक्ष नरुत्तम राना स्वयम् संलग्न थिए।   

    images
    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - १३:३५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij