Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्रका विद्यार्थी आन्दोलित

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्रका विद्यार्थी आन्दोलित


  • 1.3K
    Shares

    कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्रका विद्यार्थी आन्दोलित
    images

    काठमाडौं । ‘जेनजी’ आन्दोलनको सत्यता बाहिर ल्याउनुपर्ने माग गर्दै त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन् । 

    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), त्रिचन्द्र बहुमुखी क्याम्पसको आयोजनामा मंगलवार क्याम्पस प्राङ्गणमा विरोध तथा खबरदारी कार्यक्रम गरिएको हो । ‘जेनजी’ आन्दोलनको सत्यता जान्ने हाम्रो अधिकार भन्ने मुख्य नाराका साथ विद्यार्थीले प्रदर्शन गरेका छन् । 

    आन्दोलनका क्रममा भएका घटनाहरू र त्यसको छानबिनका लागि गठित कार्की आयोगले तयार पारेको प्रतिवेदन सरकारले गुपचुप राखेको भन्दै विद्यार्थी आक्रोशित छन् । विद्यार्थीले यसलाई सूचनाको हक र लोकतान्त्रिक मूल्य मान्यताको विरुद्ध भएको बताएका छन् । 

    प्रतिवेदन सार्वजनिक नभएसम्म आन्दोलनका कार्यक्रमहरू निरन्तर जारी रहने पनि बताइएको छ । यसअघि पनि विभिन्न विद्यार्थी संगठनहरूले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएका थिए । तर सरकारले यस विषयमा कुनै ठोस कदम चालेको छैन ।

    birod4.JPG

    birod3.JPG

    birod2.JPG

    birod1.JPG

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - १०:३२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij