Logo

२०८३ बैशाख २६ गते शनिवार

२०८३ बैशाख २६ गते शनिवार

सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सरकारको तयारी


  • 2.1K
    Shares

    सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

    काठमाडौं । सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ। 

     पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्नेगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरोकारवाला निकायसँग छलफल अघि बढाएको हो। 

    मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारीस्वरुप मन्त्रालय आन्तरिक छलफलमा जुटेको जानकारी दिए। यससम्बन्धमा यातायात व्यवस्था विभागले पनि छलफल अघि बढाएको छ। विभागले आज यातायात व्यवसायीसँग छलफल गर्दैछ। 

    सरकारले खाना पकाउनको लागि ग्याँसको सट्टा विद्युतीय चुल्हो प्रयोग गर्न पनि आग्रह गर्दै आएको छ। अमेरिका, इजरायल र इरानको कारण खाडी मुलुकहरुमा बढेको द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्य बढेको छ। 

    कोरोना सक्रमणको बेलामा पनि सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो। 

    images
    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - १०:३१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij