Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा सिराहामा ८ जना पक्राउ

जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा सिराहामा ८ जना पक्राउ


  • 519
    Shares

    • images
    जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा सिराहामा ८ जना पक्राउ

    सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा भएका तीन छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार पहिलो घटना लहान नगरपालिका-८ मा भएको हो। सो स्थानमा बस्ने दिलीप साह र उनकी श्रीमती सुनिताले तीन महिलालाई आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा पक्राउ गरिएको छ। उनीहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

    दोस्रो घटना लहान–३ अस्पताल चोकमा रहेको ‘अनलाइ होटल एन्ड लज’मा भएको हो। होटल सञ्चालिका ४० वर्षीया अर्चनाकुमारी चौधरीले चार महिलालाई सप्तरीको सुरुङ्गा–९ टिकुलियाका २१ वर्षीय अशोककुमार चौधरी, २० वर्षीय नितिककुमार चौधरी र १९ वर्षीय आकाश चौधरीसँग मिलेर वेश्यावृत्ति गराएको आरोप पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा संलग्न चारै जनालाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

    त्यसै गरी, तेस्रो घटना धनगढीमाई नगरपालिका–११ स्थित ‘खुश्बु होटल एन्ड लजका सञ्चालक ३४ वर्षीय गुज्जेश्वर साहले दुई महिलालाईसप्तरीको बलानबिहुल–६ का ३८ वर्षीय शिवकुमार यादवसँग मिलेर जबर्जस्ती वेश्यावृत्ति गराएको प्रहरीको आरोप छ। उनीहरूलाई पनि सात दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ।

    प्रहरीले सबै घटनाका पीडित महिलाको पहिचान गोप्य राख्दै उनीहरूलाई ‘सांकेतिक नाम’ दिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ। जिल्लामा पछिल्लो समय होटल तथा निजी घर प्रयोग गरी यस्ता अवैध गतिविधि सञ्चालन गरिएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको छ।

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - २०:१६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij