Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

साढे ३ किलो गाँजासहित थाई नागरिक पक्राउ

साढे ३ किलो गाँजासहित थाई नागरिक पक्राउ


  • 673
    Shares

    • images
    साढे ३ किलो गाँजासहित थाई नागरिक पक्राउ

    काठमाडौं । साढे तीन किलो गाँजासहित एक थाई नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ३९ वर्षीय योङग्युत थुइन छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । सोमबार राति सवा १२ बजेतिर थाई एअरलाइन्सको उडानमार्फत उनी बैंककबाट काठमाडौं आएका थिए ।

    उनले ल्याएको सुटकेशभित्रबाट तीन किलो ४३५ ग्राम गाँजा बरामद भएको विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।   

     

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १६:५५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij