Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

बर्दिया राष्ट्रिय निकुञ्जमा बेपत्ता खत्रीको शव १७ दिनपछि फेला

बर्दिया राष्ट्रिय निकुञ्जमा बेपत्ता खत्रीको शव १७ दिनपछि फेला


  • 1.2K
    Shares

    बर्दिया राष्ट्रिय निकुञ्जमा बेपत्ता खत्रीको शव १७ दिनपछि  फेला

    काठमाडौं । गत फागुन २३ गते सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्ज पसेर बेपत्ता भएका ३३ वर्षीय टोपबहादुर खत्रीको शव १७ दिनपछि फेला परेको छ।

    बराहताल गाउँपालिका–२ रानीघाटका खत्रीको सोमबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए। प्रहरीका अनुसार बाँके र सुर्खेत प्रहरी तथा बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त खोजी टोलीले मृतक खत्रीको शव फेला पारेको हो।

    मृतकको शव फेला परेको क्षेत्र बर्दिया जिल्लामा पर्छ। उक्त सिकारी समूहमा ३३ वर्षीय टोपबहादुर खत्रीसहित बराहताल गाउँपालिका– १ का २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाईं, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनील समसेली सहभागी थिए।

    साथै लेकबेँसी नगरपालिका– ८ का ४५ वर्षीय दुर्गाबहादुर सिजाली पनि उनीहरूसँगै थिए। उनीहरु भरुवा बन्दुक र आवश्यक घरेलु हातहतियारसँगै बास बस्ने गरी झण्डै १७ किलोमिटर दूरी पार गरेर सिकारका लागि निकुञ्जमा प्रवेश गरेका थिए।

    सुरक्षाकर्मी प्रतिनिधि सभाको निर्वाचनमा खटिएको मौका पारेर उनीहरू बर्दिया राष्ट्रिय निकुञ्ज छिरेका थिए। स्थानीय बासिन्दाका अनुसार उनीहरू पहिला पनि सिकार खेल्न जान्थे। यसपटक निकुञ्जमा सिकार खेल्न गएका ६ जनामध्ये ५ जना घर फर्किए। तर, उनीहरूसँगै गएका टोपबहादुर फर्किएनन्। 

    बराहाताल गाउँपालिका–१ की वडा सदस्य दिलमाया सम्सेली मगरका अनुसार टोपबहादुरबाहेक ५ जना फागुन २४ गते घर फर्किएका थिए। उनीहरूले सँगै सिकार गएका टोपबहादुर उतै जंगलमा मरेको सुनाए। तर, मृत्युको कारण भने खुलाएनन्। आफ्ना परिवारका सदस्यसँग केही नभन्नु भन्दै सोही दिन उनीहरू घरबाट निस्किए। 

    images
    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १६:०९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij