Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान


  • 365
    Shares

    • images
    नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

    काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं-दुबई रुटमा थप दुई उडान गर्ने भएको छ । निगमले काठमाडौं-दुबई रुटमा २५ मार्चमा उडान राखेको छ । दुबई-काठमाडौं रुटको उडान २६ मार्चमा हुने भएको छ ।

    यसैगरी काठमाडौं-दुबई अर्को उडान २७ मार्चमा राखिएको छ । सो जहाजले दुबई-काठमाडौं उडान २८ मार्चमा गर्ने भएको छ । निगमका अनुसार यी उडान काठमाडौंबाट स्थानीय समय अनुसार राति ११ बजेर १५ मिनेटमा उड्ने भएका छन् ।

    निगमका अनुसार २८ फेब्रुअरीदेखि मार्चसम्म टिकट लिएर यात्रा गर्न असमर्थ यात्रुलाई प्राथमिकता दिइने छ । यसमा पनि २५ र २७ मार्चमा अत्यावश्यक यात्रा गर्नुपर्ने यात्रुले पुनः टिकट प्रमाणीकरण गरेर मात्र यात्रा गर्न पाउने निगमको सूचनामा उल्लेख छ । 

     

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १५:४४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij