Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, गगनकै सभापतित्वमा बस्ने

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, गगनकै सभापतित्वमा बस्ने


  • 568
    Shares

    • images
    कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, गगनकै सभापतित्वमा बस्ने

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । मंगलबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

    उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो ।

    बैठकले सभापति गगन कुमार थापाले पेश गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो । साथै, निर्वाचनबारे प्रारम्भिक समीक्षा पनि गरेको थियो ।

    भोलि बस्ने बैठकमा निर्वाचनको पूर्ण समीक्षा हुने पनि नेताहरूले बताएका छन् । भोलिको बैठकमा सभापति थापा पनि उपस्थित हुने भएका छन् ।

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १४:५३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij