Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

तिनाउ नदीमा नुहाउने क्रममा डुबेर एक भारतीयको मृत्यु, अर्का बेपत्ता

तिनाउ नदीमा नुहाउने क्रममा डुबेर एक भारतीयको मृत्यु, अर्का बेपत्ता


  • 526
    Shares

    तिनाउ नदीमा नुहाउने क्रममा डुबेर एक भारतीयको मृत्यु, अर्का बेपत्ता

    काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका-३  तिनाउ नदी जलविद्युतको बाँध क्षेत्रमा नुहाउने क्रममा डुबेर एक भारतीय युवाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, भारतबाट नेपाल घुम्न आएका ७ जनाको टोलीमध्ये दुईजना आइतबार दिउँसो ४  बजेतिर नुहाउने क्रममा तिनाउ नदीले बगाएर बेपत्ता भएका थिए ।

    खोजतलासका क्रममा सोमबार बिहानतिर अमान अन्सारीको शव घटनास्थलबाट करिब १०० मिटर तल फेला परेको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिएका छन् ।

    मृत्यु हुनेमा भारतको उत्तर प्रदेश,सन्तकबिर नगर,मेधावल ठाकुरद्वार नगर पञ्चायत वडा नं. १८ बस्ने १७ वर्षीय अमान अन्सारी रहेका छन्। सोही ठाउँका  १७ वर्षीय फहरान अन्सारी वेपत्ता छन् । घुम्न आएका टोलीका अन्य ५ जना सदस्यहरू भने सकुशल रहेका छन् । प्रहरीले बेपत्ताको खोजि जारी राखेको छ।  

     

    images
    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १३:५५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij