Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

कोरोना सङ्क्रमणबाट पूर्वसांसद बस्नेतको मृत्यु

कोरोना सङ्क्रमणबाट पूर्वसांसद बस्नेतको मृत्यु


  • 5.4K
    Shares

    कोरोना सङ्क्रमणबाट पूर्वसांसद बस्नेतको  मृत्यु
    images

    भोजपुर । कोरोना सङ्क्रमणबाट भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको मृत्यु भएको छ । 

    ७४ वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३ः३० बजे मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

    बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बनेका थिए । उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत थिए । 

    पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आएका बस्नेत विभिन्न सामाजिक सङ्घसंस्थामा सक्रिय रहेका थिए । बस्नेतका श्रीमती र दुई छोरा हुन् । रासस

    प्रकाशित मिति :जेठ १० २०७८ सोमवार - १०:५५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij