Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

तराईका सहरमा गर्मी बढ्दै: जनकपुर र विराटनगरमा तापक्रम ३० डिग्री नाघ्ने

तराईका सहरमा गर्मी बढ्दै: जनकपुर र विराटनगरमा तापक्रम ३० डिग्री नाघ्ने


  • 260
    Shares

    • images
    तराईका सहरमा गर्मी बढ्दै: जनकपुर र विराटनगरमा तापक्रम ३० डिग्री नाघ्ने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सोमबार लागि देशका प्रमुख शहरहरूको तापक्रम पूर्वानुमान सार्वजनिक गरेको छ। विवरण अनुसार आज विराटनगर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।  

    यस्तै संघीय राजधानी काठमाडौंको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियसको बीचमा रहनेछ।  पर्यटकीय शहर पोखरामा अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने पूर्वानुमान छ।

    यसैगरी जोमसोममा न्यूनतम तापक्रम १ देखि ३ डिग्री सेल्सियस र जिरीमा ३ देखि ५ डिग्री सेल्सियस रहनेछ। यस्तै, जुम्लामा न्यूनतम तापक्रम ४ देखि ६ डिग्री सेल्सियस रहने विभागले जनाएको छ।

    यस्तै धरान र भैरहवामा पनि तापक्रम २९ डिग्री सेल्सियससम्म पुग्नेछ भने ओखलढुङ्गा र ताप्लेजुङ जस्ता पहाडी जिल्लाहरूमा मौसम तुलनात्मक रूपमा शितल रहने विभागले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - ११:३९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij