२०८२ चैत्र ९ गते सोमवार
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको २ लाख ५३ हजार ३६७ कित्ता शेयर बिक्रीमा राखिएको हो।
उक्त शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्।
इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको शेयर रजिस्ट्रारको कार्यालयमा आवेदन पेस गर्न सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij