Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

कतार एयरवेजको टिकट क्यान्सिल गर्दा पूरै पैसा फिर्ता हुने, सित्तैमा मिति फेर्न पाइने

कतार एयरवेजको टिकट क्यान्सिल गर्दा पूरै पैसा फिर्ता हुने, सित्तैमा मिति फेर्न पाइने


  • 554
    Shares

    कतार एयरवेजको टिकट क्यान्सिल गर्दा पूरै पैसा फिर्ता हुने, सित्तैमा मिति फेर्न पाइने

    काठमाडौं । कतार एयरवेजले हालैको विशेष परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना यात्रुहरूका लागि टिकट फिर्ता (रिफण्ड) तथा मिति परिवर्तनको विशेष व्यवस्था सार्वजनिक गरेको छ।

    कम्पनीका अनुसार २८ फेब्रुअरीदेखि ३० अप्रिल २०२६ सम्मका लागि टिकट बुकिङ गरेका यात्रुहरू यो सुविधाबाट लाभान्वित हुनेछन्। तर, विद्यमान चापका कारण रिफण्ड प्रक्रियामा केही ढिलाइ हुन सक्ने कतारले जनाएको छ।

    ‘ओरिजिनल पेमेन्ट मेथड'बाटै रकम फिर्ता लिन चाहने यात्रुको हकमा २८ कार्यदिनसम्म लाग्न सक्ने भन्दै कम्पनीले थप जानकारीका लागि इमेल हेर्न आग्रह गरेको छ। यस्तै, टिकटको प्रयोग नभएको हिस्सा र 'प्रिफर्ड सिट' जस्ता अतिरिक्त सेवाको शोधभर्ना छुट्टाछुट्टै गरिने व्यवस्था मिलाइएको छ।

    उड्डयन क्षेत्रको पछिल्लो अवस्थाबारे कतार एयरवेजले कतार एयरवेजले आइतबार साँझ जारी गरेको सूचनामा भनिएको छ, 'प्रत्येक अनुरोधलाई छिटोभन्दा छिटो समाधान गर्न पूर्ण रूपमा प्रतिबद्ध छन्।'

    images
    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १९:५२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij