Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

ग्लोबल मनि वीक २०२६: कामना सेवा विकास बैंकद्वारा देशभर विभिन्न कार्यक्रम आयोजना

ग्लोबल मनि वीक २०२६: कामना सेवा विकास बैंकद्वारा देशभर विभिन्न कार्यक्रम आयोजना


  • 414
    Shares

    • images
    ग्लोबल मनि वीक २०२६: कामना सेवा विकास बैंकद्वारा देशभर विभिन्न कार्यक्रम आयोजना

    काठमाडौं । विश्व वित्तीय सप्ताह २०२६ को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

    अर्गनाइजेशन अफ इकोनोमिक्स कोपरेसन एण्ड डेभलपमेन्टको संयोजनमा प्रत्येक वर्ष मार्च महिनामा सप्ताह मनाउने गरिन्छ । उक्त सप्ताह यो वर्ष मार्च १७ मा सुरुवात भई मार्च २३ सम्म सञ्चालन गरिएको थियो ।

    यस अवसरमा बैंकले विद्यालयस्तरमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै विद्यार्थीहरूमा वित्तीय ज्ञान तथा सीप विकास गर्ने उद्देश्यका साथ देशैभरि प्रभावकारी कक्षा सञ्चालन गर्नुका साथै सामाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक सामग्रीहरू प्रसारण गरेको छ ।

    बैंकले सातै प्रदेशका विभिन्न विद्यालयहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै १००० भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको छ । कार्यक्रमहरूमा साना–साना बचतलाई एकीकृत गरी पुँजी निर्माण गर्ने, बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, खर्च व्यवस्थापन तथा डिजिटल कारोबारका अवसर र चुनौतीहरूबारे जानकारी प्रदान गरिएको थियो ।

    बैंकले सामाजिक सञ्जालमार्फत सुरक्षित भविष्यका लागि बचत गर्ने बानी विकास गर्न, बचत र लगानी, बजेटको समायोजन, अचानक आउने समस्या वा आपतकालीन अवस्थाका लागि आकस्मिक कोष, डिजिटल कारोवार गर्दा हुने गल्तीहरु तथा अनलाईन ठगीहरुबाट बच्न सम्बन्धी जानकारी समेत प्रदान गरेको छ ।

    त्यस्तै, बैंकले उक्त सप्ताहको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारी सहित प्रभातफेरी कार्यक्रमहरु सञ्चालन गरेको छ । 

    बैंकले आफ्नो सामाजिक सञ्जालमार्फत सुरक्षित भविष्यका लागि बचत गर्ने बानी विकास गर्न, बचत र लगानी, बजेटको समायोजन, अचानक आउने समस्या वा आपतकालीन अवस्थाका लागि आकस्मिक कोष, डिजिटल कारोवार गर्दा हुने गल्तीहरु तथा अनलाईन ठगीहरुबाट बच्न सम्बन्धी जानकारी समेत प्रदान गरी ग्लोबल मनि वीक २०२६ सफलतापूर्वक सम्पन्न गरेको छ ।

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १७:५९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij