Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

रामनवमीको साइतमा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै बालेन

रामनवमीको साइतमा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै बालेन


  • 267
    Shares

    • images
    रामनवमीको साइतमा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै बालेन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाउन लागेको छ । सचिवालय बैठक बसेर वरिष्ठ नेता बालेन्द्र साहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव लगिने भएको छ। त्यसपछि उक्त प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले पास गर्नेछ ।

    सचिवालय र केन्द्रीय कमिटीबाट पास गरेपछि तत्कालै उनलाई बालेनलाई संसदीय दलको नेता बनाउन लागिएको हो । रास्वपाले स्थापनाको चार वर्ष हुन लाग्दा पनि पहिलो महाधिवेशन गर्न सकेको छैन । त्यहीकारण विधान परिमार्जनका लागि सचिवालय र केन्द्रीय कमिटी बैठकले निर्णय गर्नुपर्ने भएको छ।

    त्यही निर्णय गर्न सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाउन लागिएको हो। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले चैत १२ गते शपथ ग्रहण गर्ने कार्यतालिका छ। चैत १२ गते दिउँसो २ बजे शपथ ग्रहण गर्नुअगाडि नै पार्टीको बैठक बसेर बालेनलाई दलको नेता बनाउने योजना रहेको नेता गणेश पराजुली बताउँछन्।

    ‘सम्भवत चैत १२ गते बिहान पार्टी बैठक बसेर यी निर्णय हुन सक्छन् । शपथअगाडि यी निर्णय गरिसक्नुपर्ने तयारी पार्टी गरिरहेको छ’, पराजुलीले भने, ‘सांसदहरूले शपथ ग्रहण गरिसकेपछि तत्कालै अरू प्रक्रिया सुरु हुन्छ । त्यहीकारण नवनिर्वाचित संसदले शपथ खानुअगाडि नै त्यो कार्यक्रम सक्छौं।’

    बालेनले चैत १३ गते रामनवमीको साइतमा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने ससद् सचिवालयले पनि जानकारी गराएको छ।

    संसद् सचिवालयका अनुसार चैत १३ गते कुनै समय उनले प्रधानमन्त्रीको शपथ ग्रहण लिने तयारी भइरहेको छ । तर मन्त्रीहरूको शपथबारे अहिलेसम्म जानकारी पुगेको छैन। रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले पनि १३ गते रामनवमीका दिन बालेन्द्र प्रधानमन्त्री बन्ने बताएका छन् ।

    नेताहरूका अनुसार रास्वपा सचिवालय र केन्द्रीय कमिटीको निर्णयअनुसारलाई बालेन्द्रलाई प्रधानमन्त्री बनाउन संसदीय दलको बैठक दलको नेतामा औपचारिक रुपमा चुन्नेछ । चैत १३ गते प्रधानमन्त्री हुनुअगाडि बालेन्द्रले संसदीय दलको बैठक राख्नेछन् । त्यही दलको बैठकले बालेन्द्रलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने निर्णय गर्नेछ।

    पार्टीका नेताहरूका अनुसार विधान परिमार्जनसहितका नीतिगत निर्णय भएपछि मात्रै बालेन प्रधानमन्त्री हुने बताउँछन् ।

    ‘नियम र प्रक्रिया अनुसार चैत १३ गते शपथ अगाडि संसदीय दलको बैठक बस्छ । त्यसले उहाँलाई प्रधानमन्त्रीको रुपमा अगाडि सार्छ’, पराजुली भन्छन,‘चैत १३ गते संसदीय दलको बैठक बसेपछि बालेन्द्रजीले प्रधानमन्त्रीको रुपमा शपथ लिनुहुन्छ।’

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १७:३५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij