Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे

विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे


  • 127
    Shares

    • images
    विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे

    काठमाडौं । नेपाली काँग्रेसका नेता श्याम घिमिरेले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको लज्जास्पद पराजयको मुख्य जड पार्टीभित्रको आन्तरिक कलह र विशेष महाधिवेशनको विवाद भएको दाबी गरे। उनले निर्वाचनको मुखमा पार्टीभित्र भएको शक्ति संघर्षले जनतामा नकारात्मक सन्देश गएको र त्यसैको परिणामस्वरुप काँग्रेस खुम्चिन पुगेको विश्लेषण गरे । घिमिरेकाअनुसार चुनावको तयारीमा लाग्नुपर्ने समयमा काँग्रेसका नेताहरू ५ महिनासम्म ‘विशेष महाधिवेशन कि नियमित महाधिवेशन’ भन्ने प्राविधिक र कानूनी लडाईंमा अल्झिएका थिए । विशेष महाधिवेशनको नाममा जे जस्ता गतिविधि भए, त्यसले पार्टीको वैधानिकतामाथि नै प्रश्न उठाएको उनको भनाइ छ । निर्वाचन आयोगले नयाँ नेतृत्वलाई आधिकारिकता दिएपनि पार्टीको ठूलो हिस्साले त्यसलाई स्वीकार गर्न नसक्नु नै पराजयको बीउ भएको उनको तर्क छ । यसै सन्दर्भमा न्युज एजेन्सी नेपालले घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश यस्तो छ । 

    प्रश्नः अघिल्लो महाधिवेशनले तय गरेको केन्द्रिय समितिको बैठक बोलाउने भन्ने निर्णय भयो भन्ने समाचार आएको छ, के यो सत्य हो ? 
    जवाफः त्यो विषयमा मलाई कुनै औपचारिक जानकारी छैन । मेरो विचारमा त्यस्तो औपचारिक रुपमा, आधिकारिक रुपमा बोलाउने भन्ने निर्णय त भएको छैन । तर अनौपचारिक रुपमा साथीहरु अब अहिले अत्यन्तै ठूलो अन्यमनस्क हालतमा साथीहरु हुनुहुन्छ । पार्टी नराम्रोसँग पराजित भएको छ । त्यसपछि गएर एकथरी साथीहरु जो १४ औ महाधिवेशनबाट निर्वाचित भएर आउनुभएको थियो । अथवा १४ औँ महाधिवेशनबाट केन्द्रिय समितिमा हुनुहुन्थ्यो । उहाँहरु भुमिकाविहिन, हामीहरु नै भुमिका विहिन भएर बसिराखेको अवस्था छ । यो अवस्थामा केही गर्नुपर्छ भन्ने साथीहरुको भनाई र आवाज छ । तर मलाई लाग्दैन कि अहिले आधिकारिक रुपमा त्यस्तो केन्द्रिय समितिको फर्मल बैठक चाहीँ बोलाई हाल्लान भन्ने कुरा चाहीँ भएको छैन । अनौपचारिक रुपमा साथीहरुको भेटघाट यताउता सम्पर्क त भईनै राख्ने कुरा भयो राजनीतिमा ।

    प्रश्नः नेपाली काँग्रेसको विशेष महाधिवेशन भएको कुरा तपाईंलाई थाहा छ कि छैन ?

    जवाफः विशेष महाधिवेशनको नाममा जे जस्तो भयो । त्यसको परिणाम पनि हामीले भोगिसक्यौँ । हामीले चुनावको मुखमा आएर हामीले ५ महिनासम्म पार्टी भित्र झगडा गर्दै रह्यौँ विशेष महाधिवेशन कि नियमित महाधिवेशन भनेर । र यो झगडाले पार्टी भित्रको समग्र एकतालाई खल्बल्यायो । र त्यसको म्यासेज पनि जनतामा असाध्यै नराम्रोसँग गयो । त्यो निर्वाचनको पराजयका लागि पनि मुख्य कारण बन्यो । हामीलाई लागि राखेको थियो–कि गगनजीको नेतृत्वबाट पार्टी अगाडि बढ्दाखेरी पार्टीले निकै राम्रो परिणाम दिनसक्छ भन्ने हामीलाई जुन विश्वास थियो । त्यो विश्वासको धरातल पनि टुटेको छ । अर्कोतर्फ सबभन्दा ठूलो क्षति भनेको पार्टीलाई के भयो रु भने मेरो बुझाईमा कि अर्को निर्वाचनका लागि हामीले गगनजीको अनुहार बेचेर, उहाँको अनुहार देखाएर हामीले पार्टीका लागि ठूलो भोट कलेक्शन गर्नसक्थ्यौँ । र त्यो भोट बैंक जुन हाम्रो थियो । अर्थात त्यो भोटका लागि हामीसँग एउटा आशाको अनुहार थियो । त्यो अनुहारलाई हामीले अहिले अनावश्यक टाईममा एक्स्पोज ग¥यौ । त्यो भने काँग्रेसको अपूरणीय क्षति हो भन्ने मैले बुझेको छु । त्यसले गर्दा यो अपुरणीय क्षतिलाई हामीले कसरी अव रिभाईव गर्छौ, कसरी यसलाई मेन्टेन गर्छौं रु त्यो हाम्रो लागि ठूलो चुनौतिको विषय छ । 

    प्रश्नः विशेष महाधिवेशन अवैधानिक हो भन्ने मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ, त्यस अर्थमा पनि अहिले यताउता चहलपहल गर्दा त्यसलाई पो असर गर्ने हो कि ?
    जवाफः मेरो बुझाईमा अहिलेलाई अदालतको निर्णय कुर्नु नै सबैभन्दा उपयुक्त विकल्प हो । अब नेपालको अदालतले एउटा विश्वास गुमाएको छ । त्यो के हो भन्दाखेरी समयमा न्याय नदिने । अनि समय गुज्रिसकेपछि त्यसको औचित्य सकिएपछि मात्रै त्यसलाई खारेज गर्ने । यो किसिमको परिपाटी पनि नेपालको अदालतमा देखिएको छ । त्यसलाई जनविश्वासमा बदल्नका लागि, जनविश्वास आर्जन गर्नका लागि अदालतले आफनो त्यो पुरानो अभ्यासलाई बदल्नु पर्छ । उसले जे फैसला दिन्छ, त्यो फैसला यथाशिघ्र दिनुपर्छ । र त्यो फैसला दिएपछि पार्टी एउटा निष्कर्षमा पुग्छ । त्यसपछि जसले जित्ला, पार्टीलाई सम्हालेर अर्को पटक रिभाईभ गर्नेगरी जाने हो भने जसले जितेपनि पार्टीलाई एकजुट बनाएर लैजानै पर्छ । त्यो बाध्यता हो । होइन भने काँग्रेसले एकथरी शक्तिलाई पन्छाएर नेपाली काँग्रेस कहिल्यै पनि अगाडि बढेको छैन । तपाईलाई म यही सन्दर्भमा एउटा कुरा भनिहाल्छु–२०१५ सालमा टिकट बाँडदाखेरी पनि विपी, सुवर्णजी, सूर्यप्रसाद उपाध्यायजीहरुको अगलअलग टिमहरु थिए । तर तीन जना नै जना मिलेर टिकटहरु बाँड्नुभएको थियो । २१०४८ सालमा पनि गिरिजाप्रसाद, किसुनजी, गणेशमानजी मिलेर नै टिकट बाँड्नुभएको थियो । २०५१ सालमा पनि त्यही भएको थियो । २०५६ मा पनि त्यही भएको हो । २०६४ मा पनि सबै मिलेर गरेको हो । २०७०, २०७४ मा पनि त्यही भयो । २०७९ पनि त्यही भयो । पार्टी भित्रका अनेक शक्ति केन्द्रहरुलाई समायोजन गरेर गरियो । तर यो २०८२ को निर्वाचन भने एकलौटी ढंगले टिकट बाँडिएको हो । र कसैलाई सुझबुझ समेत नगरी हुँदाहुँदा निवर्तमान नै भएपनि शेरबहादुर देउवासँग पनि सम्पर्क गरिएन । उहाँले चुनाव लड्छु भन्दाभन्दै टिकट समेत दिइएन । यी सब कुराहरु भएका हुन् । पार्टी भित्रका यी तितो यथार्थलाई स्वीकार्नु पर्दछ । र जसले जितेपनि पार्टी भित्रको नेतृत्व पार्टी भित्रैबाट आउने हो । बाहिरबाट आउँदैन । त्यो नेतृत्वलाई सबैले स्विकार गरेर पार्टीलाई समग्र एकतावद्ध गरेर लैजाने बाटोमा जानुपर्छ । 

    प्रश्नः अहिले विशेष महाधिवेशनबाट आएको केन्द्रिय समितिको बैठक बसिरहेको छ, यसले नियमित महाधिवेशन गर्ने निर्णय गरेर आयो भने त्यसलाई देउवा पक्षलाई के असर पार्छ ?

    जवाफः नियमित महाधिवेशनमा त जानै पर्छ । अब अदालतले भोली पुरानै केन्द्रिय समितिलाई रिभाईभ गरिदियो भने पनि नियमित महाधिवेशनमा त जानै पर्छ । र यो वर्तमान केन्द्रिय समिति भनिएको छ । उसले पनि नियमित महाधिवेशनमा जानै पर्छ । यो बाध्यता हो । र यो आवश्यकता पनि हो । यदि नियमित महाधिवेशनमा जानका लागि जुन पक्षले जिते पनि पार्टी भित्र एकता कायम गरेर नियमित महाधिवेशनमा गइयो भने हामी सफल हुनसक्छौँ । अर्को चुनावका लागि हामी तयार हुनसक्छौँ । होइन अब मैले जिति हाले, अब मेरो मात्रै चल्छ पार्टीभित्र भन्ने हिसावले अगाडि बढने कोशिस पार्टीभित्र गरियो भने अर्को निर्वाचनमा हामी झन खुम्चिने सम्भावना बढेर जान्छ । 

    प्रश्नः नियमित महाधिवेशनको घोषणा गरियोभने समानान्तर अभ्यास त गरिरहन परेन नि ? 

    जवाफः समानान्तर अभ्यास त गरिरहन परेन । ठिक छ । तर कुरा छ भने आआफनो टिमलाई जिताउने, अर्थात आआफनो चुनाव जित्ने गरी अभ्यास सुरु भईहाल्छ । ती वैचारिक समूहहरुको आ आफ्नो अभ्यास शुरु हुन्छन । त्यो महाधिवेशनकै एउटा नियमित प्रक्रियाको रुपमा अघि बढछ । त्यसले पार्टी भित्र समानान्तर शक्ति केन्द्र अर्थात समानान्तर रुपले पार्टीका दुई वटा खेमा अर्थात दुई वटा शक्ति अघि बढ्नुपर्ने अवस्था पर्दैन । पार्टीको नियमित महाधिवेशनकै प्रारुपको रुपमा, स्वरुपमा आआफना गतिविधि अगाडि बढाउँदा हुन्छ । तर भोली पार्टी भित्रको एकताको पक्षको कुराहरुलाई कुनैपनि पक्षले जसले जिते पनि ओझेल पार्ने प्रयास ग¥यो, त्यसलाई पन्छाएर हिँड्ने कोशिस ग¥यो भने समानान्तर अभ्यास र गतिविधिहरु हुन्छन् । त्यसलाई पार्टीले आजको भन्दा पनि ठूलो क्षति पु¥याउने मैले देख्दछु । अदालतको फैसला भन्दा अगाडि अनौपचारिक रुपमा जे गरेपनि त्यो त आफ्नो छलफलहरु, कुराकानीहरु भई नै रहन्छन् । तर औपचारिक रुपमा अहिले कुनैपनि क्रियाकलापहरु गर्नु उचित हुँदैन भन्ने मेरो पनि बुझाई हो ।

     

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १७:२०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij