Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

श्रम संस्कृति पार्टी र राप्रपालाई झट्का: प्रमुख सचेतकको सुविधा नपाउने

श्रम संस्कृति पार्टी र राप्रपालाई झट्का: प्रमुख सचेतकको सुविधा नपाउने


  • 1.2K
    Shares

    श्रम संस्कृति पार्टी र राप्रपालाई झट्का: प्रमुख सचेतकको सुविधा नपाउने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार १० जना सदस्य रहेको दलले प्रमुख सचेतकको सुविधा पाउँछन् ।

    यसको परिभाषा खण्डमा भनिएको छ, ‘दलको प्रमुख सचेतक भन्नाले प्रतिनिधिसभामा दशजना भन्दा बढी सदस्यहरू रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनुपर्छ ।’

    २१ फागुनको निर्वाचनबाट आएका ६ वटा दलमध्ये श्रम संस्कृति पार्टी र राप्रपाको सांसद संख्या १० भन्दा कम छ । श्रम संस्कृति पार्टीका ७ जना र राप्रपाका ५ जना रहेका छन् ।

    यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १८२, कांग्रेसका ३८, एमालेका २५ र नेकपाली कम्युनिस्ट पार्टीका १७ जना सांसद रहेका छन् ।

    संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको अनुसूची २ अनुसार दलको प्रमुख सचेतकले सवारी सुविधान र प्रथम स्तरको दुई जना सवारीचालक प्राप्त गर्दछन् ।

    दलको प्रमुख सचेतकका लागि छुर्ट्ट कार्यालयको सुविधा हुन्छ । जसको लागि कार्यालय सहयोगी एक जना प्राप्त गर्दछन् । एउटा साइकल पनि पाउँछन् । अतिथि सत्कार खर्च बापत्त मासिक १५ हजार प्राप्त हुन्छ ।

    राष्ट्रिय मान्यता प्राप्त गर्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जितेको र समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्छ । यस्तो थ्रेसहोल्ड पार गरे पनि प्रमुख सचेतकको सुविधा पाउने १० जना भन्दा बढी सांसद भएको दल हुनुपर्ने व्यवस्था छ ।

     

    images
    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १५:५२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij