Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शेयर बजारमा उछाल, ५४.५१ अंकले बढ्याे नेप्से

शेयर बजारमा उछाल, ५४.५१ अंकले बढ्याे नेप्से


  • 1.3K
    Shares

    शेयर बजारमा उछाल, ५४.५१ अंकले बढ्याे नेप्से
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५४.५१ अंकले बढेर २,९३१ को विन्दुमा कायम भएको छ । 

    आज १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३६४ कम्पनीको ६ करोड १४ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ५९ करोडको शेयर कारोबार भएको छ ।

    व्यापार बाहेक सबै समूहका सूचक बढेको छ । व्यापार समूह ०.११ प्रतिशत घट्यो । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ४.२१ प्रतिशत बढेको छ । बैंकिङ २.४९, विकास बैंक २.४६, फाइनान्स २.१३, होटल तथा पर्यटन ३.०५, हाइड्रोपावर ०.३३, लगानी ०.७७, जीवन बीमा २.००, उत्पादन तथा प्रशोधन १.९३, निर्जीवन बीमा २.७२ तथा अन्य समूह १.७१ प्रतिशत बढेको छ ।

    १० कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इन र विजय लघुवित्त छन् ।

    आज सबैभन्दा धेरै कुमारी बैंकको ८५ करोड ९६ लाख माथिको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको ७७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ७५ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.१५ प्रतिशत घटेको छ । त्यस्तै आज धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट, ङादी ग्रुप र हिमाल दोलखा हाइड्रोपावर छन् ।

     

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १५:४३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij