Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

तनावग्रस्त कपिलवस्तु: निषेधाज्ञाका बीच प्रदर्शन, प्रहरीद्वारा लाठीचार्ज

तनावग्रस्त कपिलवस्तु: निषेधाज्ञाका बीच प्रदर्शन, प्रहरीद्वारा लाठीचार्ज


  • 449
    Shares

    • images
    तनावग्रस्त कपिलवस्तु: निषेधाज्ञाका बीच प्रदर्शन, प्रहरीद्वारा लाठीचार्ज

    काठमाडौं । कपिलवस्तुमा बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदाय बिचको विवाद अझैसम्म साम्य भएको छैन ।  कपिलवस्तुको महराजगञ्जका केही ठाउँमा अहिले पनि स्थानीय युवाले प्रदर्शन गरिरहेका छन्।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरी निरीक्षक प्रकाश कुँवरले अहिले पनि केहि ठाउँमा प्रदर्शन भइरहेको जानकारी दिएका छन् । उनले प्रदर्शन रोक्न केही ठाउँमा लाठीचार्ज समेत गरिएको बताएका छन् ।

    स्थानीय प्रशासनले हिजो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

    मुस्लिमहरूले इद मनाउँदै गर्दा शनिबार महराजगञ्ज नगरपालिका–२ स्थित बरगदा र बहादुरगञ्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदाय बिचमा झडप भएको थियो । सो क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका थिए भने केही प्रहरी घाइते भएका थिए । 

     

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १४:१२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij