Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

मातृभाषामा शपथ लिन चाहने सांसदले ३ दिनअगावै जानकारी दिनुपर्ने

मातृभाषामा शपथ लिन चाहने सांसदले ३ दिनअगावै जानकारी दिनुपर्ने


  • 533
    Shares

    • images
    मातृभाषामा शपथ लिन चाहने सांसदले ३ दिनअगावै जानकारी दिनुपर्ने

    काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले मातृभाषामा समेत शपथ लिन पाउँछन् ।

    यसको लागि कुन भाषामा शपथ लिने हो त्यसबारे तीन दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान रहेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ मा हुने भएको छ ।

    नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूमध्ये जेष्ठ सदस्यले चैत ११ गते नै राष्ट्रपतिसँग शपथ लिने छन् भने त्यसपछि उनै जेष्ठ सदस्यले बाँकी सदस्यहरूलाई शपथ खुवाउँछन् ।

    शपथ सम्बन्धी ऐन २०७९ को दफा ५ मा शपथको भाषासम्बन्धी व्यवस्था रहेको छ । कुनै सार्वजनिक पदधारण गर्ने व्यक्तिले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन सक्ने प्रावधान पनि सँगै छ ।

    सार्वजनिक पदधारण गरेको व्यक्तिले नेपाली भाषामा शपथ लिएकोमा सो शपथको दुई प्रतिमा र मातृभाषामा शपथ लिएकोमा सो मातृभाषाको शपथको समेत दुई प्रतिमा हस्ताक्षर गरी शपथ गराउने पदाधिकारी समक्ष पेश गर्नु पर्ने व्यवस्था रहेको छ ।

    शपथमा सांसदहरूले शपथमा पहिचान झल्किने पोशाक लगाउन पाउनेछन् । शपथसम्बन्धी ऐनको दफा ४ मा औपचारिक पोशाकमा उपस्थित हुनु पर्ने प्रावधान छ ।

     

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १२:४१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij