Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सोह्रखुट्टे, काठमाडौंको सेनिटाइजर उद्योगमा छापा, सञ्चालक पक्राउ

सोह्रखुट्टे, काठमाडौंको सेनिटाइजर उद्योगमा छापा, सञ्चालक पक्राउ


  • 5.6K
    Shares

    • images
    सोह्रखुट्टे, काठमाडौंको सेनिटाइजर उद्योगमा छापा, सञ्चालक पक्राउ

    काठमाडौं । सोह्रखुट्टे, काठमाडौंमा रहेको सेनिटाइजर उद्योगमा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेर स्वास्थ्यका लागी हानिकारक भनिएको सेनिटाइजर जफत गरेको छ ।

    लामा समीप इन्टरप्राइजेज प्रालिमा छापा मारेर त्यहाँबाट उत्पादित सेनिटाइजर बरामद गरिएको परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । प्रहरीले सो उद्योगका सञ्चालक सुमनबहादुर तामाङलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर–१६ बाट ‘उत्पादन मुलक र सेवामुलक वस्तु उत्पादन’ गर्ने अनुमति लिएर सेनिटाइजर उत्पादन गरेको सञ्चालकको भनाइ छ ।

    स्वास्थ्य सम्वन्धी सामग्री उत्पादन गर्न स्वास्थ्य सेवा विभागबाट अनुमति लिनुपर्छ । त्यहाँबाट उत्पादित सेनिटाइजर हानिकारक मिथानेलको मिश्रण रहेको प्रहरीले दावी गरेको छ । 

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - २०:४७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij