Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

कपिलवस्तु घटना : दुई समुदायको विवाद टुङ्ग्याउन छलफल जारी, निषेधाज्ञा अहिले पनि निरन्तर

कपिलवस्तु घटना : दुई समुदायको विवाद टुङ्ग्याउन छलफल जारी, निषेधाज्ञा अहिले पनि निरन्तर


  • 554
    Shares

    • images
    कपिलवस्तु घटना : दुई समुदायको विवाद टुङ्ग्याउन छलफल जारी, निषेधाज्ञा अहिले पनि निरन्तर

    काठमाडौं । कपिलवस्तुमा शनिबार बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदाय बिचको विवाद टुङ्गिएको छैन । मुस्लिमहरूले ईद मनाउँदै गर्दा शनिवार महराजगञ्ज नगरपालिका-२ स्थित बरगदा र बहादुरगञ्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप भएको थियो । 

    झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो भने झडपमा ३ जना घाइते भएका थिए । 

    जिल्ला प्रशासन कार्यालयले महाराजगञ्ज बजार क्षेत्र हुँदै बर्गदी पुल र बहादुरगञ्ज चोकसम्म लगाएको निषेधाज्ञा अहिले पनि निरन्तर छ । विवाद समाधान गर्न अहिले सर्वदलीय र सर्वपक्षीय छलफल भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताएका छन् । 

    चैत ७ मा मुस्लिम समुदायका स्थानीयहरू बरगदाको मस्जिदमा नमाज पढिरहेको बेला नजिकैको रहेको मन्दिरमा डिजे बजाएपछि विवाद सुरु भएको कपिलवस्तुका एसपी सन्तोष आचार्यले बताएका छन् । 

     

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - ११:३२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij