Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

कञ्चनपुरमा भारतीय गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

कञ्चनपुरमा भारतीय गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु


  • 253
    Shares

    • images
    कञ्चनपुरमा भारतीय गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

    काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका-५ बनगाउँमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको युके ०६ बीएन २८२९ नम्बरको भारतीय कारले ठक्कर दिँदा सोही ठाउँका ६५ वर्षीय साइकलयात्री मोहन शाही गम्भीर घाइते भएका थिए । 

    उनको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न कार र चालक भारतको रुद्रपुर बस्ने ४० वर्षीय राजेश कुमारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

     

     

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १०:५९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij