Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

दुबईबाट नेपाल आउने तयारीमा थिए, तेल लिन जाँदा इरानी सेनाको कब्जामा परे अमृत

दुबईबाट नेपाल आउने तयारीमा थिए, तेल लिन जाँदा इरानी सेनाको कब्जामा परे अमृत


  • 1.8K
    Shares

    दुबईबाट नेपाल आउने तयारीमा थिए, तेल लिन जाँदा इरानी सेनाको कब्जामा परे अमृत

    काठमाडौं । इरानी सेनाको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा तेल बोक्ने जहाजमा कार्यरत रहेको खुलेको छ । महोत्तरी घर भई उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ बस्दै आएका झा केही दिन यता इरानी सेनाको नियन्त्रणमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    उनी दुबईमा काम गर्नका लागि दुई वर्ष अघि नेपालबाट गएका थिए । झा की दिदी पूजाका अनुसार एक सातादेखि उनी इरानी सेनाको नियन्त्रणमा रहेका छन् । तेल बोक्ने जहाजमा सिप क्याप्टेनको रूपमा कार्यरत अमृतले एक साता अघि भ्वाइस म्यासेज पठाएका थिए । उनले भनिन्, ‘तेल लोड भइसक्यो । अव दुबई आएपछि म सिँधै नेपाल आउँछु । मेरो छुट्टी पनि हुने बेला भएको छ ।’

    पूजाले भाइ नेपाल फर्कने खबरले खुसी भइरहँदा अचानक आफूहरूलाई अमृत इरानी सेनाको नियन्त्रणमा रहेको अर्को म्यासेज आएको बताइन् । उनले  भनिन् ,‘हामी खुसी भइरहेका थियौं । अचानक भाइ नियन्त्रणमा परेको खबर आयो । के कारणले भाइलाई नियन्त्रणमा लिइएको हो ? किन लिइएको हो थाहा भएन ।’

    अमृतले थाइल्यान्डको बैककमा अध्ययन गरेका थिए । अध्ययनपछि उनी कामका लागि दुवई गएको परिवारले जनाएको छ । उनी यसअघि पनि सिप लिएर तेल लिन इरान जाने गरेका थिए । यस अघि तेल लिन जाँदा त्यस्तो नभएको तर यस पटक भने हर्मुज स्टेट इलाकाबाट नियन्त्रणमा परेको दिदी पूजाले बताइन् ।

    उनले भाइ नियन्त्रणमा परेको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयमा रिहाइका लागि अपिल गरिदिन निवेदन दिएको जानकारी दिइन् । उनले भनिन्,‘ उ नेपाली हो नेपाल सरकारले जति सक्दो छिटो भाइको रिहाइ गराओस् ।’

    images
    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १०:४४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij