Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

केही दिन ठूलो पानी पार्ने सम्भावना छैन: मौसमविद

केही दिन ठूलो पानी पार्ने सम्भावना छैन: मौसमविद


  • 582
    Shares

    • images
    केही दिन ठूलो पानी पार्ने सम्भावना छैन: मौसमविद

    काठमाडौं । गत शुक्रबारदेखि सक्रिय वर्षा गराउने प्रणाली आजबाट कमजोर भएको छ । यससँगै आजदेखि मौसममा उल्लेख्य सुधार आउने र घाम लाग्ने मौसमविदले बताएका छन् ।

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिमबाट सुरु भएको वर्षा गराउने प्रणाली क्रमश: पूर्वतिर सर्दै कोशी प्रदेशबाट बाहिरिएको छ । केही स्थानमा भने हल्का बादल देखिएको छ । तर अघिल्ला दिनको जस्तो केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् ।

    जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुका अनुसार शनिबार रातिदेखि नै मौसममा सुधार देखिएको छ । विभागले आज बिहान ६:२० बजे सार्वजनिक गरेको एक सूचना अनुसार हाल लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ तर बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा छ ।

    मौसमविद उज्जल उपाध्यायका अनुसार शनिबारदेखि बादल हटेर घाम लाग्ने छ । वर्षाका कारण प्रदूषण पनि घटेको छ । त्यसैले उनले शनिबार साँझ फेसबुकमा लेखेका छन्, ‘भोलि ढुक्कले लुगा धुनुस् मज्जाले सुक्छ । हिमालको मनमोहक दृष्य हेर्नुस् । स्वच्छ हावामा सास फेर्नुस् । आउने अझै केही दिन यस्तै मज्जा लिनुस् ।’

    मौसमविदहरुका अनुुसार अहिले प्रि–मनसुनको समय छ । त्यसैले प्रिमनसुन अवधिमा दिनभर घाम लागे पनि साँझपख बादल लाग्ने, मेघगर्जन चट्याङसहित हल्का पानी पर्ने र कहिलेकाहीँ हुरी चल्ने गर्दछ । त्यसैले चट्याङ र हुरीबतासबाट जोगिन मौसमविदहरु सुझाव दिन्छन् ।

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - ०७:०२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij