Logo

२०८२ चैत्र ७ गते शनिवार

२०८२ चैत्र ७ गते शनिवार

इनिशा बिक हत्या घटनाको विषयमा के भन्छ प्रहरी ?

इनिशा बिक हत्या घटनाको विषयमा के भन्छ प्रहरी ?


  • 722
    Shares

    • images
    इनिशा बिक हत्या घटनाको विषयमा के भन्छ प्रहरी ?

    काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इनिशा बिक हत्या प्रकरणमा तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका छन् ।

    अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सुर्खेतको उक्त घटनामा कानुनलाई अक्षरशः पालना गर्दै तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका हुन् ।

    कार्कीले पीडित परिवारसँग निरन्तर सम्पर्क भइरहेको र दोषिलाई कारवाहीका साथै न्याय पाउनुपर्ने आवाजको सुनुवाई हुने प्रतिवद्धता जनाए । अनुसन्धानका लागि प्रयाप्त रुपमा परिचालन गरिएकाले छिटै उक्त घटनाको निष्कर्ष बाहिर आउने उनको भनाइ छ ।

    त्यस्तै प्रहरी महानिरीक्षक कार्कीले सबै नागरिकले बराबरको हक अधिकार प्राप्त गर्नुपर्ने भन्दै सबै किसिमको विभेदका विरुद्ध कानून बमोजिम अघि बढ्ने समेत बताए ।

    प्रकाशित मिति :चैत्र ७ २०८२ शनिवार - १९:४१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij