Logo

२०८२ चैत्र ७ गते शनिवार

२०८२ चैत्र ७ गते शनिवार

ताप्लेजुङको पाथीभरा क्षेत्रमा यस वर्ष पाँचौँ पटक हिमपात

ताप्लेजुङको पाथीभरा क्षेत्रमा यस वर्ष पाँचौँ पटक हिमपात


  • 477
    Shares

    • images
    ताप्लेजुङको पाथीभरा क्षेत्रमा यस वर्ष पाँचौँ पटक हिमपात

    ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार साँझदेखि वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।

    उनका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको थियो । यो हिमपातसँगै यस वर्ष पाथीभरामा पाँचौँ पटक हिउँ परिसकेको छ ।

    हिउँ परेसँगै पाथीभरामा दर्शनार्थीहरूको घुइँचो लागेको छ । पाथीभराको दर्शनसँगै हिउँ खेल्न पाइने भएकाले नजिकका क्षेत्रका मानिसहरू पनि त्यहाँ पुगेका छन् ।

    हिमपातसँगै जिल्लाभर चिसो बढेको छ । जिल्लाका उत्तरी उच्च भेगहरूमा समेत हिउँ परेको स्थानीयहरूले बताएका छन् ।

    प्रकाशित मिति :चैत्र ७ २०८२ शनिवार - १३:३१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij