२०८२ चैत्र ६ गते शुक्रवार
काठमाडौं । काठमाडौ आउजाउ गर्ने कान्ति लोकपथमा पहिरो खस्दा दुवैतर्फ सडक अवरुद्ध भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ गंगटे स्थित कान्ति लोकपथ सडक खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
शुक्रबार साँझ ५ बजेतिरको समयमा सडक माथिबाट अचानक पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो। घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिङ्गनबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार पहिरो खसेको स्थान इलाका प्रहरी कार्यालय ठिङ्गनबाट करिब ६ किलोमिटर पूर्व–उत्तर दिशामा पर्दछ।
हाल पहिरो हटाउने र सडक पुनः सञ्चालनमा ल्याउने प्रयास जारी रहेको जनाइएको छ। सडक अवरुद्ध भएपछि यस मार्ग हुँदै आवतजावत गर्ने यात्रुहरू प्रभावित भएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij