Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

हावाहुरी र असिना सहित वर्षाका कारण जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’

हावाहुरी र असिना सहित वर्षाका कारण जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’


  • 673
    Shares

    • images
    हावाहुरी र असिना सहित वर्षाका कारण जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’

    काठमाडौं । हावाहुरी सहित आएको पानी र असिनाले त्रिभुवन विमानस्थल सहित नेपालका धेरै विमानस्थल प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका विभिन्न विमानस्थलमा हवाई उडान र अवतरणमा समस्या हुँदा उडानहरू प्रभावित भएका छन्  । 

    वर्षा र मेघ गर्जनसहितको मौसमका कारण उडान सुरक्षामा चुनौती देखिएपछि जहाजहरूले सुरक्षित रूपमा अवतरण गर्न सकेका छैनन् । विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार विमानस्थल प्राविधिक रूपमा खुला रहे पनि प्रतिकूल मौसम र कम भिजिबिलिटी कारण जहाजहरू उडान र अवतरण गर्न नसकेका हुन् ।  

    भारतबाट काठमाडौंका लागि उडेको इन्डिगो एयरलाइन्सको जहाज अवतरण गर्न नसकेपछि लखनउ डाइभर्ट गरिएको छ। त्यस्तै, कतारको दोहाबाट आएको कतार एयरवेजको जहाज पनि नेपालको आकाशमा होल्डमा रहेको छ ।

    काठमाडौंका लागि विभिन्न सहरबाट उडेका जहाजहरू गन्तव्यमा पुग्न नसकी बिच बाटोबाटै वा काठमाडौंको आकाशबाटै सम्बन्धित विमानस्थलमै फर्किएका छन् । विराटनगर, सिमरा, धनगढी र भैरहवाबाट काठमाडौँका लागि उडेका जहाजहरू मौसम प्रतिकूल भएपछि पुनः आ–आफ्नै पुरानो स्टेसनमै डाइभर्ट भएका छन् । 

     

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १७:३४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij