२०८२ चैत्र ६ गते शुक्रवार
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकालगायतका विभिन्न स्थानमा तीव्र हावाहुरी चलिरहेको र यो अझै तीव्र हुनसक्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले शुक्रबार अपराह्न पौने ५ बजे सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै हावाहुरीका कारण सडक किनाराका रुखहरू ढल्न सक्ने, बिजुली तथा टेलिफोनका पोलहरू ढल्ने, बिजुलीका तारहरू चुँडिने र जस्तापाताले बनाइएका छानाहरू उडाउनेलगायतका जोखिमहरू रहेको औँल्याएको छ । त्यसैले, प्राधिकरणले जोखिमपूर्ण यात्रा नगर्न र हावाहुरी नरोकिउन्जेल सुरक्षित स्थानमा बस्न सबैमा अनुरोध गरेको छ।
विशेषगरी, हाल विद्यालयका बसहरू छुट्ने समय भएकाले विद्यार्थीहरू तथा उनीहरूका अभिभावकहरूलाई थप सचेत रहन र विशेष ख्याल गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij