Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

यूएईमा युद्धका दृश्य खिचेर सामाजिक सञ्जालमा राखेको आरोपमा ७ नेपाली पक्राउ

यूएईमा युद्धका दृश्य खिचेर सामाजिक सञ्जालमा राखेको आरोपमा ७ नेपाली पक्राउ


  • 330
    Shares

    • images
    यूएईमा युद्धका दृश्य खिचेर सामाजिक सञ्जालमा राखेको आरोपमा ७ नेपाली पक्राउ

    काठमाडौं । सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा ७ नेपाली पक्राउ परेका छन् ।

    इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका फोटो, भिडियो खिच्ने, सामाजिक सञ्जालमा हालेको आरोपमा यूएई प्रहरीले हालसम्म ७ जना नेपालीलाई पक्राउ गरेको हो ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यूएईमा हालसम्म ७ नेपालीलाई पक्राउ गरिएको जानकारी आएको बताएता छन् ।

    परराष्ट्र मन्त्रालयले फोटो, भिडियो नखिच्न तथा सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गर्दै आएको छ । यूईएले यसअघि नै इरानको आक्रमणसँगै त्यस्ता खालका फोटो तथा भिडियो पोस्ट नगर्न अनुरोध गरेको थियो । 

     

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १५:०५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij