Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मितेरी डेभलपमेन्ट बैंकले १५.७९% लाभांश दिने

मितेरी डेभलपमेन्ट बैंकले १५.७९% लाभांश दिने


  • 8.0K
    Shares

    मितेरी डेभलपमेन्ट बैंकले १५.७९% लाभांश दिने

    काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई १५.७९% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हाल कायम चुक्तापूँजी ६९ करोड ३३ लाख ७१ हजार २ सय ५० रुपियाँ रहेको छ । 

     शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६र७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५% बोनस शेयर र ०.७९% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि) प्रस्ताव गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव तुलसीप्रसाद वस्तीले जानकारी दिनुभयो। 

    सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पनि वितरण गरिने कम्पनी सचिव वस्तीले बताउनु भएको छ । 

    प्रकाशित मिति :मंसिर २१ २०७७ आइतवार - १२:०६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij