Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

२०८३ सालका लागि राष्ट्र बैंकले सार्वजनिक गर्यो बैंक बिदा, यी-यी दिनमा हुनेछ छुट्टी

२०८३ सालका लागि राष्ट्र बैंकले सार्वजनिक गर्यो बैंक बिदा, यी-यी दिनमा हुनेछ छुट्टी


  • 456
    Shares

    • images
    २०८३ सालका लागि राष्ट्र बैंकले सार्वजनिक गर्यो बैंक बिदा, यी-यी दिनमा हुनेछ छुट्टी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले साल २०८३ मा बैंक बिदाको सूची सार्वजनिक गरेको छ।  केन्द्रीय बैंकले २०८२ मा दसैँ र तिहारसहित कुल ४८ दिन बैंक बिदा रहने सूची सार्वजनिक गरेको हो।

    राष्ट्र बैंकका अनुसार नयाँ वर्ष अर्थात वैशाख १ गते बैंक बन्द रहनेछन्। वैशाख १८ गते विश्व मजदुर दिवस मा सार्वजनिक बिदा दिइएको छ। असोज २५ गते घटस्थापना र असोज ३१ गते फूलपातीदेखि कात्तिक ६ गते द्वादशीसम्म बैंक बन्द रहनेछन्। तिहारमा पनि कात्तिक २२ गते लक्ष्मीपूजादेखि कात्तिक २६ गते भाइटीकासम्म बैंक बिदा दिइएको छ। दसैँमा ७ दिन र तिहारमा ५ दिन बैंक बन्द रहनेछन्। 

    यसैगरी प्रत्येक शनिबार बैंक बिदा हुनेछ भने शुक्रबार आधा दिन बिदा हुनेछ। प्रदेश सरकारले आ–आफ्नो प्रदेशमा घोषणा गरेमा बढीमा वर्षको ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सार्वजनिक बिदा हुनेछ । 

    प्रदेश सरकारले आफ्नो प्रदेशभरि लागू हुने गरी ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गरेमा र काठमाडौं उपत्यकाका तीन जिल्लाको हकमा गृह मन्त्रालयले निर्णय गरेबमोजिम हुने राष्ट्र बैंकले जनाएको छ।

    यसैबीच राष्ट्र बैंकले कार्यालय समय र बैंकिङ कारोबार समय पनि निर्धारण गरेको छ। २०८३ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समयम बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजदेखि १ः३० बजेसम्म हुनेछ।

    बैंकिङ समय चाहिँ २०८३ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समयम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ।  कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजदेखि मध्याह्न १२ः३० बजेसम्म हुनेछ।

     

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १४:१९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij