Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

आयुर्वेद परिषद्को लाइसेन्स परीक्षा चैत ३० मा हुने, आवेदन खुला

आयुर्वेद परिषद्को लाइसेन्स परीक्षा चैत ३० मा हुने, आवेदन खुला


  • 610
    Shares

    आयुर्वेद परिषद्को लाइसेन्स परीक्षा चैत ३० मा हुने, आवेदन खुला

    काठमाडौं । आयुर्वेद चिकित्सा परिषद्ले लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको छ । परिषद्ले  चिकित्सा स्नातक उत्तीर्ण विद्यार्थीहरूका लागि स्थायी नाम दर्ता (लाइसेन्स) परीक्षाको मिति सार्वजनिक गरेको हो ।

    परिषद्कोे निर्णयअनुसार, यही चैत ३० गते सोमबार परीक्षा सञ्चालन हुनेछ । परीक्षाका लागि परिषद्ले बिहीबार (चैत ५) देखि अनलाइन आवेदन प्रणाली खुला गरेको जनाएको छ ।

    इच्छुक उमेदवारहरूले चैत १९ गतेसम्म नियमित शुल्कमा फारम भर्न सक्नेछन् । त्यस्तै, चैत २० देखि २८ गतेसम्म बिलम्ब शुल्क तिरेर आवेदन दिन पाउनेछन् ।

    परिषद्का अनुसार, परीक्षामा सहभागी हुन शैक्षिक योग्यतासँगै ६ महिना इन्टर्नसिप अनिवार्य गरिएको छ । त्यस्तै, विदेशमा अध्ययन गरेकाहरूले १ वर्षको इन्टर्नसिप पूरा गरेको हुनुपर्नेछ ।

    images
    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १८:४६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij