२०८२ भाद्र ७ गते शनिवार
स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रीको हैसियतमा आज शपथ ग्रहण गरेका छन्। मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा आइतबार प्रदेश प्रमुख सीता कुमारी पौडेलले उनलाई सपथ खुवाएकी हुन्।
मनाङेलाई जेठ ५ गते मुख्यमन्त्री गुरुङले ५ मन्त्रीलाई नियुक्त गरेको भएपनि ४ मन्त्रीले मात्रै शपथ लिएका थिए। मनाङे काठमाडौं भएकोले शपथ लिन पाएका थिएनन्।
विपक्षीले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि वैशाख २६ मा राजीनामा दिएका गुरुङ विपक्षी गठबन्धनले तीन दिनभित्र सरकार बनाउन नसकेपछि ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
धर्मराएको सरकार जोगाउन गत वैशाख १६ गते मनाङेलाई आफ्नो सत्ता सुरक्षाका लागि सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय छुट्याएर पहिलो पटक मन्त्री बनाए पनि गुरुङको राजीनामा पछि १० दिनमै पद गएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij