Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

५ वर्षमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाउन सुझाव

५ वर्षमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाउन सुझाव


  • 575
    Shares

    • images
    ५ वर्षमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाउन सुझाव

    काठमाडौं । होटल एशोसिएशन नेपाल ९हान० का अध्यक्ष विनायक शाहले मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिए । 

    पर्यटन क्षेत्रले देशको आर्थिक गतिविधिमा ठूलो योगदान दिन सक्ने भएपनि अहिले स्पष्ट मार्गचित्र नभएको उनले बताए । अध्यक्ष शाहले आगामी ५ वर्षका लागि बन्न लागेको सरकारले एउटा ठोस योजना ल्याउनुपर्ने र सोही आधारमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए । 

    शाहले आगामी ५ वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितको योजना बनाउन सरकारलाई सुझाव दिए । उक्त लक्ष्य प्राप्तिका लागि आवश्यक नीति, ऐन र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ । 

    अध्यक्ष शाहले भने, खासगरी पर्यटन क्षेत्रले यो देशको आर्थिक समृद्धिमा धेरै कुरा दिनसक्छ । यसका लागि एउटा प्रष्ट मार्गचित्र खाँचो छ । जुन सरकारले अब ५ वर्ष काम गर्छ, ५ वर्षमा पर्यटन क्षेत्रले देशको विकास, आर्थिक गतिविधि कसरी गर्छ भन्नेबारे एउटा मार्गचित्र बनाउनुपर्छ । मस्टर प्लान यो क्षेत्रलाई चाहिएको छ । जुन कुराको अहिले अभाव छ । सरकारदेखि निजी क्षेत्रले एउटा जोसमा अब काम गर्नसक्छौँ । त्यसकारण सबैभन्दा पहिला एउटा पाँच वर्षको मार्गचित्र बनाउन जरुरी छ । पर्यटक आगमनबाट धेरै हामीले लाभ लिनसक्छौँ । अझ हामी के भन्छौँ भने ५ वर्षमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित योजना बनाउनुपर्छ । त्यो नीतिलाई पुरा गर्ने कार्यक्रम, ऐन कार्यक्रमहरुदेखि पूर्वाधार बनाउनुपर्छ । सोही अनुसार अन्तरसमन्वय हुन जरुरी छ । पर्यटक भित्राउन राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन समेत गर्न जरुरी छ ।’

    पर्यटक आकर्षणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको शाहले बताए । उनकाअनुसार निजी क्षेत्र अहिले पनि प्रवद्र्धनका कार्यमा सक्रिय रहेको छ ।

    सरकारले निजी क्षेत्रको भुमिका र कार्यका बारेमा स्पष्ट नीति ल्याएमा निजी क्षेत्र थप ऊर्जाका साथ काम गर्न तयार रहेको उनको भनाइ छ । दुई तिहाइ बहुमत नजिकको सरकार बन्न लागेकोमा पर्यटन क्षेत्र उत्साहित रहेको समेत उनको भनाइ छ ।

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १२:४०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij