Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

रविको मुद्दा फिर्ता प्रकरणमा आज सुनुवाइ हुने

रविको मुद्दा फिर्ता प्रकरणमा आज सुनुवाइ हुने


  • 631
    Shares

    • images
    रविको मुद्दा फिर्ता प्रकरणमा आज सुनुवाइ हुने

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ता विरुद्धको रिटमा आज सुनुवाइ गर्ने भएको छ ।

    यसअघि मंगलबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शुसिल पन्त, रमनकुमार श्रेष्ठ र अधिवक्ताहरू दिपेन्द्र झा लगायतले बहस गरेका थिए । 

    उक्त मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न आदेश दिएको थियो ।

     

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - ११:३६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij