Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

अब के हुन्छ गगन थापाले दिएको राजीनामा ?

अब के हुन्छ गगन थापाले दिएको राजीनामा ?


  • 589
    Shares

    • images
    अब के हुन्छ गगन थापाले दिएको राजीनामा ?

    काठमाडौं । कांग्रेस सभापति गगन थापाले राजीनामा दिएका छन् । उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा दिएका हुन् । उनी निकट स्रोतले दिएको जानकारीअनुसार थापाले केही दिनअघि उपसभापति शर्मालाई राजीनामा बुझाएका हुन् । 

    थापाले दिएको राजीनामाका सम्बन्धमा केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ । बैठक शुक्रबार अपराह्न केन्द्रीय कार्यालयमा बोलाइएको छ ।।

    फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि पार्टीभित्रैबाट उनको राजीनामा माग भएको थियो । उनी सर्लाही–४ बाट पराजित भएलगत्तै उपसभापति शर्मालाई भेटेर राजीनामा दिने मनस्थिति बनाएको बताएका थिए ।

    एक पदाधिकारीले भने–सभापतिज्यूले केही दिनअघि नै उपसभापति शर्मालाई भेटेर राजीनामा बुझाउनुभएको हो ।”

    कांग्रेस प्रवक्ता देवराज चालिसेले भने राजीनामा सम्बन्धमा औपचारिक जानकारी नभएको बताए । “उपसभापतिज्यूलाई राजीनामा बुझाउनुभएको रहेछ भने पनि केन्द्रीय समितिको बैठकमा औपचारिक प्रवेश होला, अहिलेसम्म औपचारिक जानकारी छैन,” उनले भने ।

    केन्द्रीय कार्यालयका एक अधिकारीले विधानको व्यवस्था स्मरण गराउँदै थापाको राजीनामा केन्द्रीय समितिले स्वीकृत या अस्वीकृत गर्न सक्छ ।

    उनका अनुसार थापाको राजीनामा केन्द्रीय समितिले अस्वीकृत गर्न पनि सक्छ । 

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - ०७:५०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij