२०८२ चैत्र ५ गते बिहिवार
रोल्पा । परिवर्तन गाउँपालिका–५ कोरलका कक्षा ९ मा अध्ययनरत विद्यार्थी उमित बुढामगरले बन्दुक बनाएका छन् ।
बुढामगर परिवर्तन गाउँपालिका-१ कुरेलीको बाल कल्याण मावि उपबाङ्मा अध्यन गर्छन् । १५ वर्षका उनले दुई हप्ता लगाएर एम–१४ नाम दिएर बन्दुक निर्माण गरेका हुन् ।
स्रोत साधन जुटाउन मुस्किल थियो तर प्रयोगविहीन सामग्रीको प्रयोग गरेर बन्दुक निर्माण गरेको बुढामगरले बताए । चरा धपाउनका लागि बन्दुक निर्माण गरेको उनको भनाइ छ । ‘बन्दुक बनाउँदा मैले काठ, फलामका पाइप, ब्याट्री र बाँसको जडान गरेको छु’, उनले भने, ‘ उनले भने ।
सलाइको काँटी प्रयोग गरेर बन्दुक पड्काउन सकिन्छ । बुढामगरले घरेलु सामग्रीको प्रयोग गरेर बन्दुक बनाएपछि परिवर्तन गाउँपालिका–१ का वडाध्यक्ष मैते बुढा मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रवीणकुमार बुढामगर, विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर वलीलगायत विद्यालयका शिक्षक–शिक्षिका र सुरक्षाकर्मीले समेत खादा र अबिर लगाएर बधाई दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij