२०८२ चैत्र ४ गते बुधवार
काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल कात्जले इरानका इन्टेलिजेन्स मिनिस्टर इस्माइल खातिब मारिएको दाबी गरेका छन् । उनले गएराति इरानका मन्त्री खातिब मारिएको दाबी गरेका हुन् ।
अल जजिराले पनि इजरायलका रक्षामन्त्री कात्जले इरानका गुप्तचरमन्त्री खातिबको हत्या गरिएको दाबी गरेको समाचार प्रकाशित गरेको छ । इजरायली सैन्य विश्लेषकहरूका अनुसार खतिब इरानका नयाँ सर्वोच्च नेतासँग नजिक रहेका व्यक्ति थिए ।
इरानले इजरायलको पछिल्लो दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन । खातिबलाई पूर्व राष्ट्रपति इब्राहिम रइसीले सन् २०२१ मा मन्त्री नियुक्त गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij