Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

कोरोनामुक्त भएको २४ घण्टामै योगीको ज्यान गयो

कोरोनामुक्त भएको २४ घण्टामै योगीको ज्यान गयो


  • 4.9K
    Shares

    कोरोनामुक्त भएको २४ घण्टामै  योगीको ज्यान  गयो
    images

    धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–७ बेलीका ४४ वर्षीय भरतनाथ योगीलाई ३१ बैशाखमा कोरोना पुष्टि भयो । धनगढीको एक निजी मेडिकलमा अक्सिजन लेभल चेक गर्दा ६७ देखाएपछि उनी सेती प्रादेशिक अस्पतालमा भर्ना भए । 

    डेढ हप्तासम्म कोरोनाविरुद्ध लडेपछि शनिबार बिहान भरतको पीसीआर रिपोर्ट नेगेटिभ आयो । तर, रिपोर्ट नोगेटिभ आएको २४ घण्टा नपुग्दै उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको छ । शनिबार राति १२ बजे उनको मृत्यु भएको हो ।

    भरत मेडिकलका सञ्चालकसमेत थिए । धनगढी उपमहानगरपालिका–७ मा उनको मेडिकल छ । उनलाई कडा खालको निमोनियाले आक्रमण गरिसकेको हुँदा कोभिड रिपोर्ट नेगेटिभ आए पनि मृत्यु भएको उपचारमा संलग्न डाक्टरको भनाई छ । 

    अर्कोतर्फ मृतकका भाई लोकनाथ योगीले भने रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य अवस्थामा सुधार आइसक्दा पनि मृत्यु भएको बताए । ‘दिउसो रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य अवस्थामा सुधार आएको भन्दै दाईलाई आइसियूबाट जनरल वार्डमा सारिएको थियो,’ लोकनाथले भने, ‘साँझ फेरि स्वास्थ्य अवस्था बिग्रिएको र राति नै मृत्यु भएको रहेछ ।’ 

    लोकनाथका अनुसार रिपोर्ट नेगेटिभ आएपछि भरतले झण्डै एक घण्टासम्म परिवारका सदस्य र आफन्तसँग पनि कुराकानी गरेका थिए । 

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - १४:०४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij