Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु


  • 7.4K
    Shares

    श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
    images

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४ माईती नेपाल चोक डेरा गरी बस्ने सोलुखुम्बु सोताङ गाउँपालिका–४ घर भएकी ५२ वर्षीया डोमा शेर्पाको कुटपिटबाट गएराति मृत्यु भएको हो ।

    डोमा र उनका पति ६३ वर्षीय क्षेत्र शेर्पा बिच वादविवाद हुँदा क्षेत्रले कुटपिट गर्दा डोमा घाइते भएकी थिइन । महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि नारायणटारस्थित शखंरापुर अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

    अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बौद्धबाट समेत खटिएको प्रहरीले आरोपी क्षेत्रलाई नियन्त्रणमा लिई सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - १३:५७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij