२०८२ चैत्र ४ गते बुधवार
काठमाडौं । धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत भेटिएकी छन् । माइती पक्षले छोरीको हत्या भएको आरोप लगाएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ का मुकेश धनखोटी यादवकी श्रीमती २५ वर्षीया विभाकुमारी महतो मंगलबार दिउँसो घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । मुकेश र विभाले ५ वर्षअघि भागी विवाह गरेका थिए ।
विवाहको लामो समय हुँदा दुवैका सन्तान नभएको र त्यही प्रसंगमा बहिनीमाथि शारीरिक तथा मानसिक यातना दिने गरेको मृतक विभाका दाजु मनिषकुमार महतोको आरोप रहेको छ ।
अहिले विभाको शरीरमा नीलडाम देखिएको भन्दै माइती पक्षले हत्या गरिएको दाबी गरेको छ । विभाका दाजु मनिषले मुकेशविरुद्ध आत्महत्या दुरुत्साहनमा प्रहरीसमक्ष जाहेरी दिएका छन् ।
जाहेरीका आधारमा प्रहरीले पति मुकेशलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij