Logo

२०८३ बैशाख १९ गते शनिवार

२०८३ बैशाख १९ गते शनिवार

चुनाव सफल पार्न भूमिका खेलेको भन्दै नेकपा नेतालाई प्रधानमन्त्री कार्कीले दिइन् धन्यवाद

चुनाव सफल पार्न भूमिका खेलेको भन्दै नेकपा नेतालाई प्रधानमन्त्री कार्कीले दिइन् धन्यवाद


  • 750
    Shares

    चुनाव सफल पार्न भूमिका खेलेको भन्दै नेकपा नेतालाई प्रधानमन्त्री कार्कीले दिइन् धन्यवाद

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीलाई निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् ।

    नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरुलाई आज बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री कार्कीले धन्यवाद दिएकी हुन् ।

    उनीहरुबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।

    उनले निर्वाचनमा विजय नेताहरुलाई बधाई दिँदै अन्य नेताहरुलाई अर्कोपटकका लागि शुभकामना समेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिएका थिए ।

     

    images
    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - १२:३१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij