२०८२ माघ १० गते शनिवार
बाँके । बाँकेका अस्पतालमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । यहाँ हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५१३ पुगेको छ ।
शनिबार दिउँसो ४ बजेदेखि आइतबार बिहानसम्म जिल्लामा थप ८ जना संक्रमितको मृत्यु भएको हो । नेपालगञ्जस्थित भेरी अस्पतालमा ६ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना गरी थप ८ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
पछिल्लोपटक टीकापुर नगरपालिका–७ कैलालीका ३५ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–१ दाङकी ४५ वर्षीया महिला, शारदा नगरपालिका–१ सल्यानका ५० वर्षीय पुरुष, बबई गाउँपालिका–२ दाङका ९२ वर्षीय वृद्ध, ठाकुरबाबा नगरपालिका–७ बर्दियाका ३८ वर्षीय पुरुष, टीकापुर नगरपालिका–१ कैलालीका ६० वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका–६ कैलालीकी ३३ वर्षीया महिला र जानकी गाउँपालिका–९ कैलालीकी ७५ वर्षीया महिलाको ज्यान गएको हो।
हालसम्म जिल्लामा ज्यान गुमाएकामध्ये उपचारका लागि अन्य जिल्लाबाट आएका २४० जना र जिल्लाकै २७३ जना हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij