Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

कञ्चनपुरमा हसिया प्रहारबाट सौतेनी आमाको हत्या, छोरा फरार

कञ्चनपुरमा हसिया प्रहारबाट सौतेनी आमाको हत्या, छोरा फरार


  • 547
    Shares

    • images
    कञ्चनपुरमा हसिया प्रहारबाट सौतेनी आमाको हत्या, छोरा फरार

    धनगढी । कञ्चनपुरमा सौतेनी आमाको हत्या गरेर छोरा फरार भएका छन् । दोधाराचाँदनी नगरपालिका–४ को मान्या चौराहमा हसिया प्रहार गरेर ७५ वर्षीया बिन्दा श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले बिन्दाको उनकै सौतेनी छोरा ५० वर्षीय हरिप्रसाद श्रेष्ठले हत्या गरेको खुलेको बताए । उनकाअनुसार सामान्य घरायसी विवादका क्रममा श्रेष्ठले आफ्नी सौतेनी आमामाथि मंगलबार राति ९ बजेतिर हसिया प्रहार गरेका थिए ।

    हसिया प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । सोही क्रममा मृतककी नातेदार भगवतीदेवी श्रेष्ठ पनि घाइते भएकी छन् । उनको दोधाराचाँदनी अस्पतालमा उपचार भइरहेको छ । घटनापछि श्रेष्ठ भने फरार भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - ०८:२३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij