Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

कोरोना संक्रमणबाट ताप्लेजुङमा दुई वृद्धाको मृत्यु

कोरोना संक्रमणबाट ताप्लेजुङमा दुई वृद्धाको मृत्यु


  • 4.5K
    Shares

    कोरोना संक्रमणबाट ताप्लेजुङमा दुई वृद्धाको मृत्यु
    images

    ताप्लेजुङ । कोरोना संक्रमणबाट ताप्लेजुङमा दुई वृद्धाको मृत्यु भएको छ  । मृत्यु हुनेमा फुङलिङ नगरपालिका–४ की ६९ वर्षीया र सिरिजंघा गाउँपालिका–४ का ८० वर्षीया वृद्धा हुन् । 

    फुङलिङकी महिला मुटुरोग, प्रेसर, मधुमेहकी बिरामी रहेकी बताइएको छ। उता सिरिजंघाकी महिलालाई श्वास फेर्न समस्या भएपछि आफन्तले शनिबार राति प्राथमित स्वास्थ्य केन्द्र ल्याएका थिए । त्यहाँ स्वास्थ्य जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको थियो ।

    उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्याङ्क अधिकृत हेमराज कठायतले बताए । जिल्लामा हालसम्म ८ संक्रमितले ज्यान गुमाइसकेका छन् । 

    दोस्रो लहर सुरु भएयता कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका थप ३ जनाको समेत मृत्यु भइसकेको छ । यहाँ सक्रिय संक्रमित ४ सय बढी छन् ।

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - १२:४५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij