Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

रोल्पामा चट्याङ लागेर महिलाको मृत्यु

रोल्पामा चट्याङ लागेर महिलाको मृत्यु


  • 624
    Shares

    • images
    रोल्पामा चट्याङ लागेर महिलाको मृत्यु

    काठमाडौं । रोल्पामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका-७ तेबाङ भैसिपुरेकी २४ वर्षकी कृष्णा पुनको सोमबार दिउँसो मृत्यु भएको हो । 

    ढुंगा र माटोले बनेको दुईतले घरमा चट्याङ लागि पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । टिनको छानो भएको घरमा बसिरहेको बेला चट्याङ परेको थियो । 

    चट्याङ लागेको घर पुग्दा महिला मृत भेटिएको प्रहरीले जनाएको छ । कृष्णा टाउको जलेको अवस्थामा मृत फेला परेकी हुन् । 

     

    प्रकाशित मिति :चैत्र ३ २०८२ मंगलवार - १३:४२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij