Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

जनताले भरोसा गरेका छन्, यसलाई जोगाउन जिम्मेवार बनौँः उपसभापति वाग्ले

जनताले भरोसा गरेका छन्, यसलाई जोगाउन जिम्मेवार बनौँः उपसभापति वाग्ले


  • 589
    Shares

    जनताले भरोसा गरेका छन्, यसलाई जोगाउन जिम्मेवार बनौँः उपसभापति वाग्ले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा। स्वर्णिम वाग्लेले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई जनताले गरेको ऐतिहासिक विश्वासलाई जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् । रास्वपाले आयोजना गरेको सांसदहरुको अभिमुखिकरण कार्यक्रममा उहाँले यस्तो बताएका हुन् ।

    रास्वपाप्रति जनतामा अत्याधिक आशा रहेकोले त्यसलाई कार्यान्वयनमार्फत न्याय गर्नुपर्ने उनको भनाई छ । उनले जनतामा विकास निर्माण र सुशासनको ठूलो हुटहुटी रहेको बताएका छन्। त्यसलाई पूरा गर्न रास्वपालाई स्पष्ट म्याण्डेड दिएर पठाएको उनको भनाई छ ।

    जनताको आकांक्षा र भरोसाबाट भाग्ने छुट पार्टिलाई नभएको उनले बताएका छन् । उनले २०१५ सालको पहिलो लोकतान्त्रिक निर्वाचनसँग तुलना गर्दा अहिलेको उपलब्धि ठूलो भएको बताएका छन्। त्यसबेला विपी कोईराला नेतृत्वको नेपाली काँग्रेसले स्पष्ट दुईतिहाई बहुमत पाएपनि लोकप्रिय मत ३८ प्रतिशत मात्रै पाएको उनको भनाई छ ।

    हालैको निर्वाचनमा रास्वपाले करिव दुईतिहाइ सिटसहित ४८ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको भन्दै उहाँले यसलाई अभूतपूर्व जनादेश भएको बताउनु भयो । उपसभापति वाग्लेले जनादेशलाई जोगाउन विगतका सरकारहरूको अस्थिरताबाट पाठ सिक्नुपर्ने आवश्यकता औंल्याएका छन् । 

    उनले बलियो जनादेश नेपालमा अभूतपूर्व रहेको उल्लेख गर्दै यसलाई जोगाउन विगतका कमजोरीबाट सिक्दै स्थायित्व र सुशासनतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

    उनले भने, स्पष्ट दुईतिहाई ल्याएको पार्टीले पनि पपुलर भोट ३८ प्रतिशत थियो । अहिले हाम्रो स्थिति लगभग दुईतिहाई छ, १८२ सिट । तर पपुलर भोट हामीले ५१ लाख नघाएर ४८ प्रतिशत भोट हामीले पाएका छौँ । यो जनादेशलाई असाध्यै गह्रौँ बैधता हामीले लिएका छौँ । यसलाई समालेर, जोगाएर यो आशा, भरोसालाई न्याय गर्ने त्यो ऐतिहासिक जिम्मेवारीबोध हामी सबैमा हुनुपर्छ । 

    उनले नवनिर्वाचित सांसदहरुलाई जिम्मेवारका साथ प्रश्तुत हुन पनि सुझाव दिएका छन् । उनले पारदर्शी जीवनशैली अपनाउन, जथाभावी अभिव्यक्ति नदिन, जनताको गुनासालाई ध्यान दिन आग्रह गरेका छन् । 

     

    images
    प्रकाशित मिति :चैत्र ३ २०८२ मंगलवार - १३:१६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij