Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

रवि र बालेन गएनन् अभिमुखीकरण उद्घाटनमा

रवि र बालेन गएनन् अभिमुखीकरण उद्घाटनमा


  • 596
    Shares

    • images
    रवि र बालेन गएनन् अभिमुखीकरण उद्घाटनमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि दुईदिने आवासीय अभिमुखीकरण सुरु गरेको छ । काठमाडौंको पाँचतारे होटलमा मंगलबार घण्टी बनाएर उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका छन् । 

    अभिमुखीकरणको पहिलो दिन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी भएका छैनन् । 

    महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति लामिछाने र वरिष्ठ नेता बालेन शाह बुधबारको समापन समारोहमा सहभागी हुने जानकारी दिएका छन् ।

    यसैबिच उपसभापति अर्यालले शुभकामना मन्तव्य राख्ने क्रममा सम्भव भएसम्म दुवै नेता बुधबारको कार्यक्रममा सहभागी हुने जानकारी दिएका छन् । 

    नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट पार्न, प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बन्न सहयोग गर्न, पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता स्पष्ट पार्न तथा संसद्, सरकार र निर्वाचन क्षेत्रबीच प्रभावकारी समन्वय कायम गर्न सक्षम बनाउन प्रशिक्षण आयोजना गरिएको रास्वपाले जनाएको छ।  

    कार्यक्रममा रास्वपाबाट प्रत्यक्ष निर्वाचित १२५ र समानुपातिक ५७ जना गरी १ सय ८२ सांसद सहभागी छन्।

    1.png

    2.png

     

    प्रकाशित मिति :चैत्र ३ २०८२ मंगलवार - १२:४५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij